तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री निवासमा कार्यदलसहित शीर्ष नेताको बैठक सुरु

काठमाडौँ । शीर्ष दलका नेता र कार्यदलको बैठक बालुवाटारमा जारी छ । संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउन प्रधानमन्त्री प्रचण्डले बालुवाटारस्थित निवासमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुसँग छलफल गरिरहनु भएको हो ।

छलफलमा कार्यदल संयोजकसमेत रहेका कानुन मन्त्री पदम गिरी र एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली काङ्ग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार, लगायत सहभागी रहेको सचिवालयले जनाएको छ ।

बैठकमा नेकपा माओवादीबाट वर्षमान पुन र हितराज पाण्डे सहभागी हुनुहुन्छ भने रास्वपाबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले ,सन्तोष परियार लगायतका नेताहरु सहभागी हुनुहुन्छ ।

भोली (जेठ १५ गते) सङ्घीय संसदमार्फत् आर्थिक वर्ष २०८१–८२ को बजेट सार्वजनिक गर्नुपर्ने भएकाले प्रधानमन्त्री प्रचण्डले सहमतिको प्रयास जारी राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button