तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा जिप दुर्घटना: १२ जना घाइते 

मुगु । बाजुराबाट रारा तर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

बिहीबार बाजुरा जिल्ला स्थित हिमाली गाउँपालिका-५ कोल्टिमा रहेको भवानी माध्यमिक विद्यालयका विद्यार्थीहरू लाई रारा घुमाउन ल्याउँदै गरेको ग १ ज ८२४९ नम्बरको जिप मुगु जिल्ला खत्याड गाउँ पालिका वडा २ जाम हिल टप भन्ने स्थानमा दुर्घटना हुँदा चालक सहित १२ जना घाइते भएका हुन ।

घाइते हुनेहरूमा ९ जना विद्यार्थी, २ जना शिक्षक र चालक रहेको र घाइते मध्ये चालक बाहेक सबैको अवस्था सामान्य रहेको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिनु भयो ।

जिप सडकबाट २५ मिटर तल खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button