तपाईँ सुन्दै हुनुहुन्छः

सीमा नाका ४८ घण्टाका लागि बन्द 

कपिलबस्तु । भारतसँग जोडिएका कपिलवस्तु सिमा नाका बन्द भएका छन् ।

उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको छ । कृष्णनगर,सुठौली भन्सार सहित कपिलवस्तु जिल्लाका सीमानाका आज बिहीबार बिहान ६ बजेदेखि बन्द भएको कपिलवस्तुका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए । जेठ १२ गते बेलुका ६ बजेसम्म नेपाल– भारत सीमानाका बन्द हुने उनले जानकारी दिएका छन्  । दुई मुलुकमध्ये कुनै एकमा निर्वाचन हुँदा ४८ घण्टा अगावै सीमानाका बन्द गर्ने प्रचलन अनुसार नै नाका बन्द भएको हो‘, घिमिरेले भने । कपिलवस्तुको ९३ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ। यसैबीच , भारतमा लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर कपिलवस्तुका नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा उच्च सतर्कता अपनाइएको छ ।

नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा सुरक्षा अवस्था निकै कडा बनाइएको छ। कपिलवस्तुका कृष्णनगर, मर्यादापुर, चाकडचौडा, कोटिया बढनी लगायतका नाकालाई सुरक्षा दृष्टिकोणले सुरक्षा  कडा पारिएको छ । विशेष गरी भारतबाट नेपाल प्रवेश गर्ने सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा चेकजाँच कडा बनाइएको छ । लोकसभा चुनाव २०२४ सात चरणमा सञ्चालन भइरहेको छ। पहिलो चरण १९ अप्रिल र अन्तिम चरण १ जुन २०२४ मा सम्पन्न हुनेछ । लोकसभा चुनाव २०२४ को नतिजा ४ जुन २०२४ मा आउनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button