तपाईँ सुन्दै हुनुहुन्छः

खुल्ला महिला हाफ म्याराथनको उपाधि पछाइलाई

काठमाडौँ । नेपाल पुलिस क्लबकी राजपुरा पछाइले राष्ट्रिय खुल्ला महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि जित्नुभएको छ । राजपुरा १ घण्टा १९ मिनेटमा दौड पूरा गर्दै उपाधि जितेकी हुन् ।

पुलिसकै राममाया बुढा दोस्रो हुनुभयो । १ घण्टा २३ मिनेट १० सेकेण्डमा उहाँले दौड पूरा गर्नुभएको थियो ।

नेपाल एपिएफ क्लबकी पुष्पा भण्डारी तेस्रो हुनुभयो । उहाँले १ घण्टा २५ मिनेट ४५ सेकेण्डमा दौड पूरा गर्नुभयो ।

स्वयम्भू, एफपीएफ क्लबबाट सुरु भएर बसपार्क, चक्रपथ महाराजगन्ज, लाजिम्पाट, केशर महल त्यसपछि जमल रत्नपार्क अनि त्रिपुरेश्वर कालीमाटी कलङ्की हुँदै स्वयम्भु पुगेर दौड पूरा भएको थियो ।

सशस्त्र प्रहरी परिवार महिला सङ्घको २३ औँ वार्षिकोत्सवको अवसरमा शनिवार आयोजित प्रतियोगिताकी विजेता राजपुराले १ लाख, राममायाले ७५ हजार र पुष्पाले ५० हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button