तपाईँ सुन्दै हुनुहुन्छः

बौद्धदर्शन मानव समुदायका लागि प्रेरणादायी छ: अध्यक्ष नेपाल

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विश्व शान्ति तथा मानव कल्याणका लागि बुद्धले प्रतिपादन गर्नुभएको अहिंसाको दर्शन मानव समुदायका लागि प्रेरणादायी भएको बताउनुभएको छ ।

शान्तिका अग्रदूत गौतमबुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश निकालेर उहाँले बुद्धले प्रतिपादन गरेका अहिंसा, शान्ति, करुणा, मानव अधिकार र उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेका बताउनुभएको छ । 

बौद्ध उपदेश, शिक्षा र मार्गदर्शनलाई  अवलम्बन गर्न  सकेमा  एकापसमा सद्भाव तथा सहिष्णुता कायम हुने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले बुद्धका विचार अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

यसैबीच, उहाँले उँभौली पर्वका अवसरमा सम्पूर्ण किरात समुदायको सुख शान्तिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button