तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा प्रधानमन्त्री : स्थानीय र बौद्धमार्गीहरूसँग अन्तर्क्रिया

लुम्बिनी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गर्नुभएको छ ।

बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन बुधबार लुम्बिनी आउनुभएका प्रधानमन्त्रीले आज बिहान लुम्बिनी परिसरको अवलोकन गर्नुभएको हो । उहाँले योग र ध्यानका लागि लुम्बिनी आउनुभएका धर्मगुरु, स्वदेशी एवं विदेशी बौद्धमार्गीहरूसँग अन्तर्क्रिया समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button