तपाईँ सुन्दै हुनुहुन्छः

आगलागी पीडित १२ घरपरिवारलाई राहत वितरण

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–९ छाताबेलीका ११ घरपरिवार आगलागी पीडितलाई राहत वितरण गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले मन्त्रालयका सचिव दिनेश भट्टराई समेतको उपस्थितिमा एक कार्यक्रमबिच आगलागी पीडित परिवारको घरमै पुगेर उक्त राहत रकम हस्तान्तरण गर्नुभएको हो ।

त्यसैगरी इटहरी नगरपालिका–७ रामजानकी टोल सिसौना निवासी आगलागी पीडित इन्द्रकुमार खड्काको घरमै गएर राहत सामग्री वितरण गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद्ले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास केन्द्र, दिनेश चौधरी स्मृति प्रतिष्ठान र लेटर डे सेन्ट च्यारिटिजसँगको समन्वयमा उक्त राहत हस्तान्तरण गरिएको हो ।

प्रति परिवार २५ किलो चामल, ५ किलो दाल, ३ किलो नुन, २ सेट ब्ल्याङ्केट, १ सेट स्ट्यान्ड फ्यान, स्टेशनरी र पेश १ सेट, १ बन्डल जस्ता पाता, १ सेट डिग्निटी किट, १ सेट झुल, किचनका सामग्री र सडना सेट वितरण गरिएको हो ।

यसैगरी इटहरी नगरपालिका–७ रामजानकी टोल सिसौना निवासी आगलागी पीडित इन्द्रकुमार खड्काको घरमै पुगेर मन्त्री चौधरीले राहत सामग्री हस्तान्तरण गर्नुभएको छ । खड्काको परिवारलाई सहयोग स्वरूप १२ वटा सिमेन्टको पिलर, १० बोरा सिमेन्ट, ३ ट्याक्टर बालुवा, गिट्टी लगायतका सामग्री सहयोग गरिएको हो ।

गत वैशाख २१ गते घरमा कोही नभएको दिउँसोको समयमा विद्युत् सर्ट भएर खड्काको घरमा आगलागी हुँदा करिब ११ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button