तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वाधार निर्माण विकास समितिको म्याद थप गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको समय अवधि १ वर्षका लागि थप गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो ।

सञ्चार मन्त्री शर्माले विकास समितिको तोकिएको ४ वर्षको समयावधि पुरा भएको र विकास निर्माण तथा पूर्वाधारका कामहरू भइरहेकाले समितिको म्याद थप गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button