तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो अपरेटर तालिम ११ औँ समूहको समापन

सुनसरी । कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको तत्त्वावधानमा गत फागुन ११ गतेदेखि सञ्चालन भएको ५६ कार्य दिन अवधिको रेडियो अपरेटर ग्रेड थ्री तालिम ११ औँ समूहको तालिम समापन भएको छ ।

कोशी प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत ४५ जना पुरुष र ५ जना महिला प्रहरी कर्मचारीहरूको सहभागिता रहेको उक्त तालिमको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा समापन भएको थियो ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि सापकोटाले नेपाल प्रहरी सङ्गठनको प्रभावकारी कार्य सम्पादनमा सूचना प्रवाह गरी सङ्गठनको उद्देश्य परिपूर्ति गर्न सङ्गठनकै मेरुदण्डको रुपमा रहेको प्रहरी सञ्चारलाई समय परिस्थिति अनुरुप दक्ष जनशक्ति उत्पादन गरी प्रहरी सञ्चार परिचालनलाई सुदृढ, सक्षम तथा जबाफदेही बनाउन प्रहरी सञ्चार सेवातर्फ उन्नत तालिमहरू सञ्चालन गरिँदै आएको बताउनुभयो ।

उहाँले प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया गर्नुका साथै तालिममा सिकेका ज्ञान र सिपलाई कार्य क्षेत्रमा अक्षरशः पालना गरी जस्तोसुकै कठिन परिस्थितिमा पनि उच्च मनोबलका साथ सूचना प्रवाह गर्न निर्देशन समेत दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button