तपाईँ सुन्दै हुनुहुन्छः

सुस्ता : अबैध नदीजन्य पदार्थको जफतबाट डेढ करोड राजस्व संकलन

नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीको सुस्ता गाउँपालिकाले अवैध नदीजन्य पदार्थको जफत बाट डेढ करोड राजश्व सङ्कलन गरेको छ । नारायणी नदीबाट अवैध रुपमा  हुने नदजन्य पदार्थको डम्पिङ नियन्त्रण गरी सोको बिक्री वितरण बाट पालिकाले डेढ करोड आम्दानी गरेको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले जानकारी दिनुभयो ।

“अघिल्लो पटक जम्मा २७/२८ लाखको हाराहारीमा राजस्व संकलन भएको थियो । जहाँसम्म असार मसान्त सम्म जरिवाना र जफत गरिएका नदजन्य पदार्थबाट बिक्री गरि ढाई करोड  राजस्व सङ्कलन हुने आकलन गरेका छौ”उपाध्यायले भन्नुभयो ।

विगतका तुलनामा नदी दोहन नियन्त्रणमा आफूहरू तदारुकता साथ अघि बढेको उपाध्यायले बताउनु भयो ।सङ्कलित रकम पालिकामा आवश्यक स्थानमा बिकास निर्माणमा खर्चिने अध्यक्ष उपाध्यायले बताउनु भयो ।आफूहरू निर्वाचित भरसकेपछि नदी दोहनबाट हुने राजस्व चुहावट नियन्त्रणमा आएको उपाध्यायको दाबी छ । विगतका तुलनामा निकै पछि परेको सुस्तालाई आउँदो २ वर्षमा अरू पालिकाकै तुलनामा पुर्‍याउने उपाध्यले दाबी गर्नु भयो ।पश्चिम् नवलपरासीका विभिन्न खोलाहरूमा नदजन्य पदार्थको चरम दोहन हुने गरेकोमा अहिले स्थानीय तहहरू नियन्त्रणमा सक्रिय भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button