तपाईँ सुन्दै हुनुहुन्छः

रेसुङ्गा र अर्जुनमा भीषण आगलागी, तम्घास नजिकका बस्तीहरू उच्च जोखिममा  

गुल्मी । ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गा र अर्जुन वनमा यतिबेला  भीषण आगलागी भइरहेको छ ।

शनिबार दिउँसोदेखि रेसुङ्गा र अर्जुनका वनमा आगलागी भएको थियो । तीनै तहका सुरक्षाकर्मी, स्थानीयद्वारा दमकलको सहयोगमा आगो केही नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

प्रवक्ता पोखरेलका अनुसार राती पुन : रेसुङ्गा र अर्जुन वनमा एक्कासी हावाहुरी सहित भीषण आगलागी भएको छ । आगो नियन्त्रणको लागि अर्जुनमा दमकल, सुरक्षाकर्मी, कर्मचारी र स्थानीय लागि परेका छन् भने रेसुङ्गामा सुरक्षाकर्मी र स्थानीयको पहल आगो नियन्त्रणमा ल्याउने काम भएको छ ।

हावाहुरी सहित भएको आगलागी अहिले नियन्त्रण भन्दा बाहिर छ । जिल्लामा एउटा मात्रै दमकल भएको र सबै ठाउँमा नपुग्ने भएकाले आगो निभाउन थप समस्या देखिएको प्रहरीले जनाएको छ। भीषण आगलागीका कारण  सदरमुकाम तम्घास नजिकका बस्तीहरू उच्च जोखिममा छन् । आगो नियन्त्रणमा ल्याउनको लागि स्थानीय र तम्घास बजार बासीलाई आगो नियन्त्रणमा जुट्न समेत प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button