तपाईँ सुन्दै हुनुहुन्छः

इलाम २ उपनिर्वाचन : करिब २० प्रतिशत मत खस्यो

इलाम I इलाम २ मा बिहान ७ बजे देखि मतदान जारी छ ।

मतदाता बिहान देखि मतदान गर्न मतदान स्थल पुगिरहेका छन् ।  इलाम २ का  ७९ मतदानस्थलका  १ सय ४९ वटै मतदान केन्द्रमा  मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे बताउनुभयो । इलाम २ भर करिब २० प्रतिशत मतदान भएको बताउनुभयो ।

उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र सहित  १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।  सबै मतदान स्थल अति संवेदनशील मानिएको छ । निर्वाचन सुरक्षालाई चुस्तदुरुस्त बनाउन सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलेबताउनु  भयो   । जिल्लाभर  शान्तिपूर्ण मतदान  भइरहेको प्रजिअ यादवले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button