तपाईँ सुन्दै हुनुहुन्छः

आलुको बीउ बिक्री नहुँदा तारा खोलाका किसान मर्कामा

बागलुङ । जिल्लाको तारा खोलाका स्थानीय व्यवसायीहरू आलुको बीउ बिक्री नहुँदा मर्कामा परेका छन् । तारा खोलाका उच्च भागमा  उत्पादित आलुको बीउ राम्रो र धेरै फल्ने भएकाले जिल्ला तथा जिल्ला बाहिरका किसानले खरिद गर्ने गरेकोमा यस पटक बिक्री नभएपछि किसानहरू मर्कामा परेका हुन् ।

बीउको मूल्य विगतको तुलनामा प्रति केजी १५ रुपैयाँ सस्तोमा बिक्री गर्न खोज्दा पनि बिक्री नभएको ताराखोला गाउँपालिका ५ का सन्दीप सापकोटाले बताउनु भयो ।

विगत वर्षमा ताराखोला क्षेत्रका किसानले लगाएको आलु खरिद गरेर जिल्लाका तल्लो क्षेत्रका र अन्य जिल्लाका किसानलाई बीउ बिक्री गरे पनि यस वर्ष बिक्री नहुँदा गोदाममा थन्किएको छ ।

गत वर्ष प्रतिकिलो ५५ सम्ममा मा बिक्री भएको बीउ यस वर्ष ३५ रुपैयाँमा पनि बिक्री नभएको बताए ।गत वर्षजस्तै यो वर्ष पनि उच्च मूल्य पाउने आसमा किसानहरूबाट खरिद गरेर गोदाममै बीउ राखेका थिए ।

तर, यो वर्ष अत्यन्त न्यून मूल्यमा पनि आलुको बीउ बिक्री नहुँदा मर्कामा परेको ताराखोला गाउँपालिका–५ का चण्डी प्रसाद सापकोटाले बताउनु भयो ।

यस वर्ष विगतजस्तै महँगो मूल्यमा बिक्री हुन्छ भनेर बीउ राखेको करिब ५ लाख मूल्य बरावरको आलुको बीउ बिक्री नहुँदा आव खाडल खनेर गाड्नु विकल्प नरेको बताउनु भयो ।

सो क्षेत्रका किसानले घरखर्च चलाउने र अन्य काम गर्ने गरी आलु रोप्दै आएका छन् ।

ताराखोला गाउँपालिका–५ का स्थानीय किसानबाट आलु खरिद गरेर बीउ बिक्री गर्ने गरि गोदाममा राखेको चण्डी प्रसाद सापकोटा, देवराज निउरे, लाल बहादुर पौडेल लगायतले स्टोर गरि राखेको आलुको बीउ बिक्री नभएको वडा अध्यक्ष मन बहादुर रोकाले बताउनु भयो ।

वर्षौँ देखि व्यावसायिक रुपमा आलु खेती गर्दै आएका किसानले सयौँ क्विन्टल आलु उत्पादन गर्दै आएका छन् ।

भौगोलिक विकटताका कारण पाँच सात वर्ष अगाडिसम्म ढुवानीको समस्या खेप्दै आएका किसानले अहिले मूल्य नपाएको बत्ताउँछन् । ताराखोला क्षेत्रको सयौँ रोपनी क्षेत्रफलमा किसानले आलु लगाउँदै आएका छन् ।

एक दशक अगाडिसम्म सडक नजोडिँदा कतिपय किसानले घोडा खच्चडमा ढुवानी गरी बजारसम्म ल्याउने गरेका थिए भने कतिपयले मजदुर लगाएर बोकेरै बिक्रीका लागि बेसी बजार झर्ने गर्थे ।

बाहिरबाट आएको आलु देख्दा राम्रो र किन्दा सस्तो पर्ने हुँदा उपभोक्ताले गाउँमा उत्पादन भएको भन्दा आयातित आलुको बीउ किनेको कारण तारा खोलाको आलुले बजार नपाएका हो। बीउ आलुलाई बिक्री नहुँदा गाई भैँसीलाई कुँडोको रुपमा खुवाउने गरेको  लाल बहादुर पौडेलले जानकारी दिनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button