तपाईँ सुन्दै हुनुहुन्छः

वीर गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेट : बागमतीद्वारा कर्णाली पराजित

काठमाडौँ । शीर्ष स्थानमा रहेको बागमती प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–२० च्याम्पियनसिपमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।

पहिलो खेलमा मधशेसँग ६ विकेटले पराजित भएको बागमतीले त्यसयता हारको सामना गर्न परेको छैन । त्यसपछि गण्डकीलाई ६७ र कोशी प्रदेशलाई बागमतीले ७ रनले पराजित गरेको थियो ।

मङ्गलवार सम्पन्न खेलमा विजयी यात्रा कायमै राख्ने क्रममा बागमतीले कर्णालीलाई ७ विकेटले पराजित गर्‍यो । कर्णालीले दिएको १२१ रनको लक्ष्य लक्ष्य बागमतीले १४.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १२० रन बनायो । ५ खेल खेलेको बागमतीको यो चौथो जित हो । कर्णालीसँग भने ६ अङ्क रहेको छ ।

अर्को खेलमा मधेश प्रदेशले कोशी प्रदेशविरुद्ध दुई विकेटको रोमाञ्चक जित निकालेको छ ।

जितसँगै पाँच खेलमा ६ अङ्क जोडेको मधेश तेस्रो स्थानमा उक्लिएको छ । चारै खेलमा पराजित कोशी अङ्कविहीन रहँदै पुछारमा छ ।

मुलपानी क्रिकेट मैदानमा कोशीले प्रस्तुत गरेको ९१ रनको लक्ष्य मधेशले १७.१ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्‍यो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोशीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९० रनको योगफल तयार पार्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button