तपाईँ सुन्दै हुनुहुन्छः

विपदबाट क्षति पुगेका निजी आवास पुनर्स्थापना तथा पुनर्निर्माण गर्न नियमावली संशोधन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रवलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुन सक्नेगरी विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन नियमावली संशोधन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना कार्यान्वयनका लागि स्विस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्विस फ्रैक बरावरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।  

मन्त्री शर्माले कोरिया अन्तर्राष्ट्रिय निकायबाट पोखरा महानगरपालिकामा ग्रीन जब क्रियसन थ्रु साइँक्लिङ एण्ड अप आईक्लिङ परियोजनाका लागि प्राप्त हुने ९ दशमलव ८ मिलियन अनुदान सहायता स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले  गरेको बताउनुभयो । 

यस्तै शनिवार बाहेकका अन्य सार्वजनिक बिदामा समेत गोश्वारा हुलाक कार्यालय, हुलाक निर्देशनालय, जिल्ला हुलाक कार्यालयहरू र अन्तर्गतका कार्यालयहरू सञ्चालन हुनेगरी बिदा निर्धारण गर्ने निर्णय भएको मन्त्री शर्माले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button