तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व राष्ट्रपति भण्डारी ‘गणतन्त्र गौरव’ सम्मानबाट सम्मानित

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र गौरव सम्मानबाट सम्मानित हुनुभएको छ ।

नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराइज हलमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको हीरक महोत्सवको अवसरमा भण्डारीलाई सम्मान गरिएको हो । 

सम्मानपछि आफ्नो धारणा राख्दै पूर्व राष्ट्रपति भण्डारीले आफु सक्रिय राजनीतिमा फर्कने घोषणा गर्नुभयो । 

उहाँले आफु राष्ट्रपति पदमा रहँदा देश र जनताको पक्षमा काम गरेको स्मरण गर्दै जननेता मदन भण्डारीले देख्नुभएको सपनालाई पुरा गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । 

यसैगरी जननेता मदन भण्डारीको रचनालाई समेटिएको अंग्रेजी संस्करण पुस्तकको प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली, कांग्रेस सभापति देउवा, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी लगायतका शीर्ष नेताहरूले सामूहिक विमोचन गर्नुभयो । 

सो अवसरमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेकपाका अध्यक्ष डा. बाबुराम भट्टराई, जनता समाजवादी पाटीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछाने, कम्युनिष्ट नेता सिपी मैनाली लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ । 

नेपाल कम्युनिष्ट पाटी विस २००६ सालमा स्थापना भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button