तपाईँ सुन्दै हुनुहुन्छः

हाइसको ठक्करबाट महिलाको मृत्यु

नेपालगन्ज । बाँकेमा हाइसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

नेपालगन्जबाट पश्चिमतर्फ जाँदै गरेको सु.प. प्र. ०२ ००१ ख १२९१ नम्बरको हाइसले कोहलपुर नगरपालिका–८ पिपरी नजिकै ठक्कर दिँदा पैदलयात्री कोहलपुर नगरपालिका ८ की ३३ वर्षीया लालसरी बुढा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ठक्कर दिने हाइस र चालक इलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button