तपाईँ सुन्दै हुनुहुन्छः

धुञ्चे गोसाईंकुण्ड केबुलकार निर्माण गर्न सहयोग हुन्छ : उपप्रधानमन्त्री महासेठ

रसुवा । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गल्छी, त्रिशूली, मैलुङ  स्याफ्रुबेँसी, रसुवागढी राजमार्ग विस्तार छिटो सम्पन्न हुने जानकारी दिनुभएको छ ।   

गोसाईंकुण्ड गाउँपालिका र लाङ्टाङ राष्ट्रिय निकुञ्जद्वारा  संयुक्त रूपमा आयोजित १२औँ ‘रेडपान्डा’ ट्रफी प्रतियोगिता र २९औँ वन्यजन्तु सप्ताह कार्यक्रमको समापन कार्यक्रममा उहाँले धुञ्चे खोदल हुँदै त्रिशूली मैलुङ स्याफ्रुबेँसी मार्ग जोड्ने सडक सुधारमा सहयोग हुने बताउनुभयो । गोसाईंकुण्ड जानका लागि केबुलकार निर्माणका गर्न सक्दो सहयोग गर्ने उपप्रधानमन्त्री महासेठले जानकारी दिनुभयो ।  

कार्यक्रममा सांसद मोहन आचार्यले रसुवाको पूर्वाधार विकासमा थप सहयोग गर्न सरकारसँग आग्रह गर्नुभयो । 

गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ, तत्कालीन संविधानसभाका सदस्य प्रेम तामाङ, जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का जिल्ला अध्यक्ष कर्नेल तामाङ, उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ, गोसाईंकुण्ड गाउँपालिका –६ का वडाध्यक्ष दावासिदार तामाङ, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, लाङ्टाङ निकुञ्ज मध्यवर्ती क्षेत्रकी लालुमायाँ घलेलगायतले विकास निर्माण सामूहिक प्रतिविद्धताको खाँचो औँल्याउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button