तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक यही वैशाख २८ र २९ गते काठमाडौँमा आह्वान गरेको छ ।  

बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोणमा छलफल गरिने  छ । 

पार्टीका महासचिव घनश्याम भुसालले बैठकमा जनवर्गीय सङ्गठनका कार्य प्रगति, समसामयिक राजनीतिक अवस्था, नवीकरण गरिएका सङ्गठित सदस्यको अनुमोदनलगायत विषयमा छलफल हुने जानकारी दिनुभयो ।

बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी बाँडफाँड, आगामी असारमा हुने राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौटका मापदण्ड तय गरिने छ ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले साङ्गठनिक प्रतिवेदन पेस गर्नुहुने छ । 

पार्टीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन आयोजना गर्न लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button