तपाईँ सुन्दै हुनुहुन्छः

अर्घाखाँचीमा बस दुर्घटना: तीन जना गम्भीर घाइते

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा बस दुर्घटना भएको छ ।

शितगंगा ४ को कोप्चिवामा रा १ ख १५०५ नम्बरको बस दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

सुपादेउराली मन्दिर दर्शन गरि दाङ जाँदै गरेको बस ओरालोमा ब्रेक फेल भएर भित्तामा ठोक्किई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिनुभयो ।

घाइते लाई उपचारको लागि बुटवल पठाइएको उहाँले बताउनुभयो । बसमा २५ जना सवार रहेका थिए । सामान्य घाइते  भएकाको ठाडा प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाएको छ । घाइतेको परिचय खुल्न बाकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button