तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश सरकार विस्तार ; शपथग्रहण आजै

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गर्नु भएको छ । 

मुख्यमन्त्री महराले एमालेबाट ४ जना नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एक एक जना गरी ६ जना विना विभागीय मन्त्री नियुक्त गर्नु भएको हो । 

एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, र अर्जुन कुमार केसी रहेका छन् भने नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत विनाविभागिय मन्त्री नियुक्त हुनु भएको हो ।

 मुख्यमन्त्री महराले यसअघि नियुक्त भएका ३ जना विना विभागीय मन्त्रीहरू चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, दिपेन्द्र कुमार पुन मगरलाई स्वास्थ्य मन्त्रालय र भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको  जिम्मेवारी तोक्नु। भएको थियो ।

बिहीबार विस्तार गरिएको मन्त्रीमण्डल सँगै लुम्बिनी प्रदेश सरकार १० सदस्यीय पुगेको छ । 

आज नियुक्त भएका विनाविभागिय मन्त्रीहरूको शपथग्रहण आजै गराउने तयारी छ ।  साना दलहरूले भने आजको मन्त्रीमण्डल नियुक्तिमा असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button