तपाईँ सुन्दै हुनुहुन्छः

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना

कोलम्बो (श्रीलङ्का) ।   श्रीलङ्काली सरकारले सन्  २०२४ मा चार अर्बदेखि साढे चार अर्ब अमेरिकी डलरको विदेशी लगानी आकर्षित गर्ने अपेक्षा गरेको छ । 

त्यहाँका लगानी प्रवर्द्धन राज्यमन्त्री दिलुम अमुनुगामाले सन् २०२३ मा श्रीलङ्काले १.५अर्ब डलरको लक्ष्य राखेकोमा १.८अर्ब डलरको विदेशी लगानी आकर्षित भएको बताउनुभयो । उहाँले देशले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सम्झौता गरेपछि विदेशी लगानी उल्लेखनीय रूपमा बढेको बताउनुभयो ।  

श्रीलङ्कामा राजनीतिक र आर्थिक अस्थिरताका कारण सन् २०२२ र २०२३ को पहिलो अर्धवार्षिकमा विदेशी लगानी घटेको उहाँले बताउनुभयो ।  रासस÷ सिन्ह्वा 

प्रतिक्रिया राख्नुहोस्

Back to top button