तपाईँ सुन्दै हुनुहुन्छः

रामनवमीमा जनकपुरधाममा आज विशेष धार्मिक मेला तथा उत्सव

जनकपुरधाम । राम नवमीका अवसरमा जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरसहित विभिन्न राम मन्दिरमा पुजाअर्चनाका लागि बिहानैदेखि भक्तजनहरूको ठुलो घुइँचो लागेको छ । 

आजको दिन मर्यादा पुरुषोत्तम श्रीरामको जन्म भएको स्मरणमा प्रत्येक वर्ष चैत्र शुक्ल पक्ष रामनवमी तिथिका दिन जनकपुरधामको राम मन्दिर तथा जानकी मन्दिरमा पूँजाअर्चनाका लागि नेपाल तथा भारतका विभिन्न ठाउँबाट भक्तजनहरू यहाँ आउने गर्दछन् । 

भक्तजनहरूले जनकपुरधामको प्रसिद्ध धार्मिक महत्वको तलाउहरू गंगासागर, धनुष सागर, अंगराजसर, अग्निकुण्ड, रत्नसागरमा स्नान गरेर पूँजाअर्चना गरिरहेका छन् । 

यसैबीच, रामनवमीको अवसरमा श्री महावीर यूव कमिटीको अगुवाइमा जनकपुरधाममा आज बाँजा गाजासहितको धार्मिक शोभा यात्रा निकालिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button