तपाईँ सुन्दै हुनुहुन्छः

१ सय ७२ रोपनीमा लगाइएको अफिम नष्ट

रुकुम पश्चिम।  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्लाका विभिन्न ठाउँमा लगाइएको अफिम खेती नष्ट गरेको छ । प्रहरीले पछिल्लो एक महिनामा मात्रै १ सय ७२ रोपनीमा लगाइएको अफिम खेती फडानी गरेर नष्ट गरेको हो । जिल्लाको आठबीसकोट, मुसिकोट नगरपालिका तथा सानी भेरी गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको अफिम नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार आठबीसकोट नगरपालिकाका विभिन्न ठाउँमा गरी ४५ रोपनीमा र सानी भेरी गाउँपालिकाको ३७ रोपनीमा लगाएको अफिम खेती नष्ट गरिएको हो । ग्रामीण बस्ती तथा जङ्गलको बिचमा अफिम खेती बढी लगाउने गरेको पाइएको छ । लुकीछिपी अफिम लगाउने गरिएकाले जानकारी पाएसम्म हरेक वर्ष फडानी हुँदै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button