तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल एसीसी प्रिमियर कपमा समूह ‘ए’ को विजेता

काठमाडौँ । साविक विजेता नेपाल एसीसी प्रिमियर कपमा समूह ‘ए’ को विजेता बनेको छ ।

मङ्गलवार कतारले साउदी अरबलाई १५ रनले पराजित गरेसँगै नेपाल समूह विजेता बनेको हो । नेपाल एक खेलअगावै सेमिफाइनल पुगिसकेको छ । नेपालको ३ खेलबाट ३ जितसहित ६ अङ्क रहेको छ ।

कतारले जित हासिल गरेसँगै समूह ‘ए’ को उपविजेता भने अझै टुङ्गो लाग्न सकेको छैन । यस समूहमा ४ खेल खेलिसकेको कतारको २ जितसहित ४ अङ्क रहेको छ । १/१ खेल खेल्न बाँकी साउदी, मलेसिया र हङकङको समान २ अङ्क रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button