तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीमा दाबी पेश गर्न पुनः आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका आह्वान गर्नु भएको छ । 

प्रदेश प्रमुख मियाँले यस अघि गरिएका दाबी पेशबारे निष्कर्षमा पुग्न नसकिएकाले नेपालको संविधानको धारा १७८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा वैशाख ६ गते बेलुकी ५ बजे भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नु भएको हो । 

प्रदेश प्रमुख मियाँले वैशाख २ गते भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नु भए बमोजिम मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका दुई जना प्रदेश सभा सदस्यले दाबी पेश गर्नु भएको थियो । नागरिक उन्मुक्तिका कैलाश चौधरी र लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको थियो । 

लक्ष्मणलाई काँग्रेस, नेकपा एस र नागरिक उन्मुक्तिको समर्थन रहेको थियो भने कैलाशलाई एमाले माओवादी केन्द्र, नागरिक उन्मुक्तिको समर्थन रहेको थियो । आजै नेकपा एसले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिएको पत्र आजै प्रदेश प्रमुखलाई बुझाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button