तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशको विषयगत समितिका सभापति निर्विरोध निर्वाचित 

दाङ । लुम्बिनी प्रदेशका ६ वटा विषयगत समिति र १ विशेषाधिकार समिति गरी ७ वटा समितिमा ७ जनाको मात्रै उम्मेदवारी परेको छ । 

संसद् सचिवालयले जारी गरेको निर्वाचन कार्य तालिका अनुसार आज मङ्गलवार उम्मेदवारी परेको हो ।

यस अघिनै दलहरू बीच सहमति अनुसार विषयगत समितिको भागबन्डाका आधारमा सभापतिमा उम्मेदवारी  दर्ता गरिएको नेपाली काँग्रेसका सचेतक निमा गिरीले बताउनु भयो ।

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश मामिला तथा कानुन समिति सभापतिमा रुकुम पूर्वकी सांसद दिलकुमारी बुढा, सामाजिक विकास समितिको सभापतिमा गुल्मीका सांसद यमबहादुर नेपाली, कृषि, वन तथा वातावरण समितिको सभापतिमा नवलपरासी निर्वाचन क्षेत्र नम्बर १९१० का सांसद विश्व प्रेम पाठक र भौतिक पूर्वाधार विकास समितिको सभापतिमा अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २(२) का सांसद रामजीप्रसाद घिमिरेको उम्मेदवारी परेको हो ।

यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा पाल्पा निर्वाचन क्षेत्र नम्बर १(१) राजुप्रसाद श्रेष्ठ, सार्वजनिक लेखा समितिको सभापतिमा बाँकेकी सांसद माया पुन र विशेष अधिकार समितिको सभापतिमा कपिलवस्तुका सांसद गिरीधारीलाल न्यौपानेको उम्मेदवारी परेको छ । 

प्रदेशसभा सचिव पुनका अनुसार ६ वटा विषयगत समिति भएपनि दलहरूले छलफल गरी विशेष अधिकार समितिको माग भएकाले त्यसको पनि यस पटक देखि नयाँ व्यवस्था गरिएको बताउनु भयो ।

उम्मेदवारी समय बेलुका ५ बजे सम्म रहेकोमा  सभापति पदमा  अरूको उम्मेदवारी नपरेको हुँदा वुधवार  ज्येष्ठ प्रदेशसभा सदस्यको अध्यक्षतामा विषयगत समितिको बैठक बस्ने र निर्विरोध निर्वाचित भएको घोषणा गरिने बताइएको छ सचिव पुनले जानकारी दिनु भयो ।

लामो समयदेखि चयन हुन नसकेको लुम्बिनी प्रदेशका विषयगत समितिका बारेमा दलहरुबीच एमालेले विशेषाधिकार सहित ३ वटा समिति, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले २ वटा समिति र माओवादी केन्द्रले २ वटा समितिको नेतृत्व गर्ने सहमति गरेका थिए । 

गत ३० असारको लुम्बिनी प्रदेशसभा बैठकले समितिमा रहने सदस्यहरूको टुङ्गो लगाए पनि समितिको सभापतिको टुङ्गो भने १७ महिना सम्म लाग्न सकेको थिएन ।

२०७९ मङ्सिर ४ गते निर्वाचन भएपछि ३ जना मुख्यमन्त्री फेरिदा पनि मिनी संसद्को रुपमा हेरिने विषयगत समितिको नेतृत्व चयन हुन नसक्दा प्रदेशसभा सदस्यहरु बिजनेस विहीन जस्तै बनेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button