तपाईँ सुन्दै हुनुहुन्छः

छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

सुनसरी । मोरङका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दिउँसो साँढे १ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा ज१०प ४०२८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका पैदलयात्री स्थानीय ४१ वर्षीय बद्रीविक्रम श्रेष्ठलाई ठक्कर दिँदा घाइते भएका उनको उपचारका क्रममा न्युरो अस्पताल विराटनगर मृत्यु भएको हो ।

त्यस्तै विराटनगर–१४ स्थित भित्री सडक खण्डमा जतुवाबाट रानीतर्फ आउँदै गरेको को२६प ९८५१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको को२त ५५४६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय उत्तिमलाल यादवको उपचारको क्रममा सप्तकोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

घटनामा संलग्न दुवै घटनाका चालक तथा सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button