तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री जोशी र चीनका राजदूत सोङबिच शिष्टाचार भेटघाट

काठमाडौँ । माननीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी र नेपालका लागी  चिनियाँ राजदूत  सोङबिच  शिष्टाचार भेटघाट भएको  छ । राजदूत सोङ मङ्गलवार बिहान मन्त्रालय पुगेर मन्त्री जोशीसँग झण्डै  एक घण्टा छलफल गर्नु भएको हो । उहाँहरू बिच द्विपक्षीय  हित र समसामयिक विषयवस्तुमा छलफल भएको हो । 

नेपाल र चिन बिचको दैत्य सम्बन्ध लाई  शान्तिपूर्ण सहअस्तित्वको पञ्चशील सिद्धान्त, सदीयौँ पुरानो मित्रता आपसी सहयोग तथा समझदारी र एक अर्काको संवेदनशीलताको सम्मानको जगमा आधारित रहिआएको  छ मन्त्री  जोशी ले भन्नुभयो  दुवै देशबिच मिल्दो जुल्दो संस्कृति ,इतिहास र भूगोलका कारणले पनि सम्बन्ध बलियो रही आएको छ ।

भेटमा चिनियाँ राजदूतले  मन्त्रीज्यूलाई बधाई, तथा नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गर्नका साथै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैँ साथमा रहने बताउनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button