तपाईँ सुन्दै हुनुहुन्छः

संसदीय सुनुवाइ समिति द्वारा प्रस्तावित महालेखा परीक्षक तोयम रायलाई सर्वसम्मत अनुमोदन 

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित महालेखा परीक्षक तोयम रायलाई सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले रायलाई सर्वसम्मतिले अनुमोदन गरेको हो । संवैधानिक परिषद्ले रायलाई गत चैत १८ गते महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

यसरी नियुक्तिका लागि सिफारिस हुने संवैधानिक आयोगका प्रमुख तथा पदाधिकारीको संसदीय सुनुवाई गर्नु पर्ने प्रावधान रहेको छ । 

सुनुवाई प्रक्रियामा प्रस्तावित महालेखा परीक्षक रायले सङ्घीयताको मर्म बमोजिम लेखापरीक्षण गर्ने निकायको संस्थागत पुनर्संरचना र सुदृढीकरण गर्दै प्रविधिमैत्री बनाउने बताउनुभयो ।

प्रस्तावित महालेखा परीक्षक रायले सम्बद्ध निकायबिच समन्वय र सहकार्य गर्दै संस्थागत स्वतन्त्रता, निष्पक्षता,व्यावसायिक मूल्यको विकास गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।

 प्रस्तावित महालेखा परीक्षक रायले मानव संसाधन विकास, ऐन नियमको समयानुकूल सुधार र संस्थागत विकासले बेरुजु न्यूनीकरणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा सांसदहरुले लेखा उत्तरदायी व्यक्ति संवैधानिक निकायको प्रमुख हुँदा स्वार्थ बाझिने सम्भावना हुन्छ की हुँदैन भनेर प्रश्न गर्नुभएको थियो ? महालेखा परीक्षकको कार्यकाल ६ वर्षको हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button