तपाईँ सुन्दै हुनुहुन्छः

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं। सत्तारुढ दल नेकपा (एमाले)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको छ ।

एमालेले आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल गर्नुका साथै सांसदका काम कारबाहीको समीक्षा गर्ने जनाएको छ ।

यस्तै संसदीय समितिहरुमा कसरी प्रस्तुत हुने तथा समितिमा रहेका विचाराधीन विधेयकहरूको सन्दर्भमा समेत एमाले संसदीय दलले छलफल गर्दै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button