तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर प्रदेश राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटको उपाधि गण्डकीलाई

चितवन । प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको उपाधि गण्डकी प्रदेशले जितेको छ ।

भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको फाइनलमा मधेश प्रदेशलाई ४१ रनले पराजित गर्दै गण्डकीले उपाधि उचालेको हो । गण्डकीले दिएको २०२ रनको लक्ष्य पछ्याएको मधेश प्रदेश १८.१ ओभरमा १६० रनमै अलआउट भयो । मधेशका लागि पवन सर्राफले ३५ र विशाल सुस्लिङले २७ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

गण्डकीलाई जित दिलाउन अमृत गुरुङले ३.१ ओभरमा मात्र १८ रन खर्चिँदै महत्वपूर्ण ६ विकेट लिए । अंकित न्यौपानेले २ र कमल परियारले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश सन्दीप क्षेत्रीको विष्फोटक ४७ रनको पारीले ८ विकेटको क्षतिमा २०१ रन बनाएको थियो । करन पङ्गेनीले ४३, दिनेश बुढामगरले ३३ रन बनाए ।

मधेशका लागि विशाल पटेलले ३, रुपेश सिंह र रञ्जित कुमारले समान २ विकेट लिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button