तपाईँ सुन्दै हुनुहुन्छः

एमालेले पार्टीको ७५औँ स्थापना दिवसमा विशेष समारोह गर्ने  

काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालयको आज बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम तथा पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकका एजेन्डाहरू लगायतका विषयहरूमा छलफल भएको छ ।

ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा बसेको बैठकबारे जानकारी दिनुहुँदै एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बैठकमा पछिल्लो राजनीतिक प्रगति र यसको दिशा, सत्ता समीकरण साथै यही वैशाख ८ र ९ गने हुने महाधिवेशन प्रतिनिधि परिषद्को एजेण्डाहरुका बारेमा छलफल भएको जानकारी दिनुभयो ।

बैठकले पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा विशेष समारोह आयोजना गरी हालसम्मको इतिहास र महत्त्वपूर्ण अभियानहरूका कार्यक्रमहरू गरिने निर्णय गरेको पनि उपमहासचिव ज्ञवालीले बताउनुभयो ।

यस्तै, सञ्चारकर्मीको जिज्ञासामा उपमहासचिव ज्ञवालीले व्यक्ति विशेषलाई निशानामा राखेर संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदन अवरुद्ध गर्नु राजनीतिक प्रतिशोध मात्र भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button