तपाईँ सुन्दै हुनुहुन्छः

तराईमा जुरी शीतल पर्व  आज धूमधाम सँग  मनाइँदै ।

मोरङ । तराईका जिल्लाहरूमा नयाँ वर्षको सुरुवात भए सँगै आज   जुरी (जुर) शीतल पर्व तथा सिरूवा पर्व मान्यजनबाट   आशीर्वाद थपी उल्लासका साथ धूमधाम सँग मनाइँदै  छ । यो वर्षमा बिहानै घर र बस्तीका मान्यजन (ज्येष्ठ नागरिक) ले आफूभन्दा कान्छोलाई तालुमा पानी  थपथपाएर आर्सीवाद दिने र सानाले  आशीर्वाद लिने   चलन रहेको छ ।

सूर्यको तापबाट व्याकुल मानव जीवनलाई शीतलता प्रदान गर्नु यस पर्वको मुख्य उद्देश्य रहेको मानिन्छ। ज्येष्ठ नागरिकले आफ्ना सन्तानलाई शीतल जलले ‘जुडाउनु’ को कारण हो– मस्तिष्कले शीतलता पाई वर्षभरी काममा सफलता,उन्नति, प्रगति, सुख शान्ति, समृद्धि, सुस्वास्थ्य ,दीघार्युको कामना पाइरहुन् भन्ने जन विश्वास रहेको छ।

सूर्यको तापबाट व्याकुल मानव जीवनलाई शीतलता प्रदान गर्नु यस पर्वको मुख्य उद्देश्य रहेको मानिन्छ। ज्येष्ठ नागरिकले आफ्ना सन्तानलाई शीतल जलले ‘जुडाउनु’ को कारण हो– मस्तिष्कले शीतलता पाई वर्षभरी काममा सफलता पाइरहुन्। यो पर्वमा सूर्य उदाउनु अघि आमाबुवा, काकाकाकी र हजुरबुवा तथा हजुरआमाहरूले एक हातमा चोखो पानी भरेको लोटा बोक्छन् र अँजुलीमा पानी लिएर परिवारदेखि छरछिमेकका आफूभन्दा साना सदस्यको टाउकोमा थपथपाएर आर्सीवाद  प्रदान गरि मनाउने गरिन्छ।सानाले आफु भन्दा ठूलो लाई खुट्टामा पानी दिए नमन गर्ने चलन पनि रहेको छ।जुरी (जुर) शीतल प्रकृति पूजाको पर्व पनि हो। 

अघिल्लो रात पकाएका बासी खाना खानाले शीतलता प्राप्त हुन्छ, भन्ने जनविश्वासले यो चलन रहेको पाइन्छ । आत्मीयता बढाउनका लागि मनाइने यो पर्वले भातृत्वको भावना तथा एकआपसमा प्रेम गर्ने सन्देश दिने गरेको छ । यो पर्वलाई शान्ति, भातृत्व, सद्भाव , एकता, समृद्धिको पर्व पनि मानिन्छ । 

जुरी (जुर) शीतलको दिन कृषिमा आधारित तथा गाउँघरमा उत्पादित अन्न, फलफूल तरकारी र दूध दहीको परिकार खाने चलन छ । त्यस अवसरमा पुवा रोटी, गुलगुलिया, चिचिलोको तरुवा, सजिनाको तरकारी, करी र बडीजस्ता परिकार महत्वपूर्ण  मानिन्छ ।   नयाँ वर्षको पहिलो र दोस्रो दिन यो पर्व मनाउने गरिन्छ ।तराईमा बसोबास गर्ने आदिवासी समुदायहरू  मुडियारी  राजवंशी, थारू, खवास, ताज पुरिया, झाँगड, लगायत र मधेशी समुदाय हरू लगायत ले धूमधाम सँग मनाउने गरेको पाइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button