तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री जाेशी र भारतका राजदूत श्रीवास्तवबीच शिष्टाचार  भेटवार्ता 

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जाेशी र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच आज भेटवार्ता भएको छ।

मन्त्री  जोशीलाई भेट्न राजदूत श्रीवास्तव शुक्रबार मन्त्रालयमै  पुग्नुभएको हो । भेटमा नेपाल भारत सम्बन्ध र अहिले भइरहेको विविध समस्याका बारेमा कुरा भएको हो  ।

मन्त्रालयमा शुक्रबार भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको  हो । सो अवसरमा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने, भारतको सहयोगमा नेपालमा सञ्चालित विकास निर्माणका परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको हो ।

भेटमा राजदूत श्रीवास्तवले मन्त्री  जोशीलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button