तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशमा मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । 

आज सुर्खेतको वीरेन्द्रनगरमा प्रेस चौतारी नेपाल कर्णाली प्रदेशका अगुवा पत्रकारहरूसँगको भेटघाट तथा बधाई कार्यक्रममा मुख्यमन्त्री कँडेलले सत्ता साझेदार दलहरू सरकार सञ्चालन का लागि आन्तरिक तयारीमा जुटेकाले केही समय लागे पनि मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताउनुभयो । 

बुधवार मात्र पदभार ग्रहण गर्नुभएका मुख्यमन्त्री कँडेलले सत्ता साझेदार दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको सिट बाँडफाँटको टुङ्गो यसअघि नै लागिसकेकाले केही प्राविधिक कारणबाट मात्र मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताउनुभयो । 

उहाँले प्रदेशका सबै नागरिकको अपनत्व हुने गरी सरकार योजनाबद्ध ढंगले अघि बढ्न लागेकाले समेत जानकारी दिनुभयो । राज्यको चौथो अङ्गका रुपमा रहेको प्रेस जगत्ले ‘डग वाच’ को काम गर्दै सरकारलाई रचनात्मक सुझाव दिन उहाँले पत्रकारहरूसँग आग्रह समेत गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button