तपाईँ सुन्दै हुनुहुन्छः

इद-उल फित्र (ईद)को अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीको पर्व इद-उल फित्र (ईद)को अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो । 

सरकारले हरेक वर्षको ईद-उल फित्र(ईद)का अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । यसवर्ष बुधबार आकाशमा चन्द्रमा नदेखिएका कारण इदको अन्तिम  दिन बिहीबार सार्नु परेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।

मुस्लिम समुदायमा इदको अन्तिम दिन बिहानै उठेर नुहाई धुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ । साथै मुस्लिम समुदायले आफन्तमाझ अङ्गालो हालेर आत्मीयता साट्ने गर्छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button