तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट एकजनाको मृत्यु ,एकजना गम्भीर घाइते

दाङ । दाङमा बसको ठक्करबाट एकजना  मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बसको ठक्करबाट  घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २३ वर्षीय सौगात ओलीको मृत्यु भएको दाङ ट्राफिक प्रहरीले जानकारी दिएको छ । घटनामा मोटरसाइकलमा सवार रहेका तुलसीपुर उपमहानगरपालिका ११ बेलदमारका वर्ष ३५ का शरद लामिछाने गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्लका अनुसार घोराही उपमहानगरपालिका १७ बेलभार, सिस्नेखोलाको ओरालोमा बसले ठक्कर दिएको हो ।

तुलसीपुरबाट काठमाडौँ जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्रि बसले गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई गएराती ठक्कर दिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button