तपाईँ सुन्दै हुनुहुन्छः

समितिको बैठकमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको अवस्थाबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको वर्तमान अवस्था र अनुगमन सम्बन्धमा छलफल भएको छ ।

सिंहदरबारस्थित समितिको कार्यालयमा आज भएको छलफलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले कतिपय गैरसरकारी संस्थाहरू लक्षित वर्गसम्म नपुगी तारे होटेलमा सीमित रहेको भन्दै समाज कल्याण परिषद्ले गम्भीर भएर अनुगमन, मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो ।

मन्त्री चौधरीले समाज कल्याण ऐनको परिमार्जन गरी यसको सेवा प्रवाहलाई सातै प्रदेशमा लानुपर्ने र एक द्वार नीतिलाई लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सांसदहरुले समाज कल्याण परिषद्ले सहमति दिएका गैरसरकारी संस्थाहरूले धर्म परिवर्तन गराउने कार्य गरेको, गैरसरकारी संस्थाहरूमा हुने अनियमिततामा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले ल्याएको योजना राष्ट्रको हितमा छ छैन हेर्नुपर्ने, जुन समुदायका लागि बजेट आएको छ त्यहाँसम्म नपुगी दुरुपयोग भएको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button