तपाईँ सुन्दै हुनुहुन्छः

संस्कृतिविद् प्राध्यापक डा.खत्रीको पुस्तक “समसामयिक निबन्ध सङ्ग्रह” विमोचन

काठमाडौँ । सम्पदा अनुसन्धान सदनका अध्यक्ष संस्कृतिविद् प्राध्यापक डा.प्रेम खत्रीको पुस्तक समसामयिक निबन्ध सङ्ग्रह विमोचन गरिएको छ ।

प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा बुधबार आयोजित विशेष कार्यक्रममा सो पुस्तकको विमोचन गरिएको हो ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति राईले प्राज्ञिक क्षेत्रको विकासका लागि डा. खत्रीले पु¥याउँदै आउनुभएको योगदान सदैव स्मरणीय रहने भन्दै पुस्तकले त्यसलाई एउटा दस्ताबेजका रुपमा स्थापित गरेको बताउनुभयो । 

पुस्तकका लेखक प्रा.डा. खत्रीले आफ्ना अनुभव र अनुभूतिलाई निबन्धका रुपमा संग्रहीत गरी प्रकाशन गर्नपाएकोमा निकै खुशी लागेको र यस बाट प्राज्ञिक क्षेत्रले लाभ लिने आफ्नो विश्वास रहेको बताउनुभयो । 

आफ्नो ६ दशकभन्दा लामो समय नेपालको शिक्षा क्षेत्रमा समर्पण गर्नुभएका प्रा.डा. खत्रीको विशेष अनुभव तथा नेपालका इतिहास संस्कृति आदि विविध विषयहरू निबन्ध सङ्ग्रहमा समावेश गरिएका  सम्पदा अनुसन्धान सदनकी अञ्जु क्षेत्रीले जानकारी दिनुभयो ।

पुस्तक विमोचन कार्यक्रममा डा. मुक्ति सिंह लामा र डा. तारामणि राईले पुस्तकमा समावेश विषयवस्तुहरूले भावी पुस्तालाई मार्गनिर्देश गर्ने धारणा राख्दै यस्ता पुस्तकहरूको अध्ययन सबैका लागि सान्दर्भिक भएको बताउनुभयो । 

कार्यक्रममा विभिन्न क्षेत्रका प्राज्ञिक व्यक्तिहरू तथा उच्च पदस्थ सरकारी अधिकारीहरू को समेत उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button