तपाईँ सुन्दै हुनुहुन्छः

पहिलोपटक राष्ट्रिय महिला मादल वादन प्रतियोगिता हुँदै

काठमाडौँ I ‘नारीको कला, नारीको शान’ भन्ने मूल नारासहित पहिलोपटक राष्ट्रिय महिला मादल वादन प्रतियोगिता आयोजना हुने भएको छ । 

कर्णाली कलाकार प्रतिष्ठानले बैशाख २७ गते राष्ट्रिय नाचघर जमलमा प्रतिस्पर्धा गर्न लागेको हो ।

कर्णाली कलाकार प्रतिष्ठानकी अध्यक्ष तथा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ टीका पुनले हालसम्म ४२ जनाले आवेदन दिएको र बाँकी आवेदन आउनेक्रम जारी रहेको जानकारी दिनुभयो ।

उहाँले सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा हुने प्रतियोगिताको उद्देश्य महिलाको अन्तरनिहित प्रतिभाको उजागर गर्नु र मौलिक बाजा मादलको संरक्षण र विकास गर्नु रहेको बताउनुभयो । 

प्रतियोगिताका लागि यही वैशाख २५ गतेसम्म आवेदन दिन सकिने छ । पहिलो हुनेलाई ५५ हजार, दोस्रोलाई ३५ हजार, तेस्रो हुनेलाई २५ हजार र सान्त्वनालाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button