तपाईँ सुन्दै हुनुहुन्छः

गीतकार अधिकारी अन्तर्राष्ट्रिय अवार्डमा मनोनीत

काठमाडौँ । अमेरिकाको एटलान्टामा आगामी अगस्ट २४ मा हुने छैटौँ आइएसएसए अन्तर्राष्ट्रिय अवार्डमा नेपालबाट सञ्चारकर्मी एवं प्रसिद्ध गीतकार लोकराज अधिकारी मनोनीत हुनुभएको छ । 

इन्टरनेशनल सिङ्गर सङ्घ राइटर्स एशोशिएनले आयोजना गर्ने अवार्डका लागि विभिन्न ४६ विधाको मनोनयन गरिएको छ । जसमा नेपालबाट गीतकार अधिकारी अन्तर्राष्ट्रिय पुरुष गीतकार विधामा मनोनयनमा पर्नुभएको हो । 

अधिकारीसँगै उक्त विधामा विश्वका विभिन्न देशका ६८ जना मनोनयनमा परेका छन् । आयोजकले सोमबारदेखि नै इलेकट्रोनिक भोटिङ खुला गरेको छ । गीतकार अधिकारीले अन्तर्राष्ट्रिय मञ्चमा सिङ्गो नेपाल र नेपाली भाषी गीतकारको प्रतिनिधित्वका रूपमा यो मनोनयनलाई लिएको बताउनुभएको छ । 

भोटिङबाट टप २० को छनोट हुने आयोजकले जनाएको छ । अप्रिल ३० सम्म इलेकट्रोनिक भोटिङ खुला रहने र मे २ मा टप २० को घोषणा हुनेछ । यसैबिच गीतकार अधिकारीले देश विदेशबाट आफूलाई भोट गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

भोटका लागि एउटा डिभाइसबाट दैनिक एक पटक भोट गर्न सकिने आयोजकले जनाएको छ । गीतकार अधिकारीका तिमीले पराई ठाने पछि, रुपै मोहनी, मर्छु बरु छट्पटीमा लगायत गीत लोकप्रिय छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button