तपाईँ सुन्दै हुनुहुन्छः

परिणाम दिने आयोजनालाई मात्र बजेटको व्यवस्था गरिने छ : प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको ध्यान आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा जनताले परिवर्तन एवं विकासको महसुस गर्ने बताउनुभएको छ ।

प्रेस सेन्टर गोरखाले आज जिल्ला पार्टी कार्यालय गोरखामा गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अब तीन करोडभन्दा कम लागत लाग्ने योजना केन्द्रले निर्माण गर्दैन त्यो प्रदेश र स्थानीय तहले गर्दछन् । यसपालिको बजेट विशेष हुनेछ, गोरखाको सम्बोधन पनि विशेष हुनेछ ।”  

आगामी आर्थिक वर्षको बजेट निर्माणबारे जानकारी दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षमा विकास र निर्माणका क्षेत्रमा प्रभावकारी आयोजना लिएर आउने बताउनुभयो । उहाँले परिणाम दिने आयोजनालाई मात्र बजेटको व्यवस्था गरिने स्पष्ट पार्नुभयो ।

“गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “जलविद्युत, जडीबुटी र एवं अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु यो पटक जनताले बुझ्ने गरी बजेट बिनियोजन हुनेछ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button