तपाईँ सुन्दै हुनुहुन्छः

“सायना प्रेस” सेवा विस्तार सम्बन्धि अभिमुखीकरण सम्पन्न

सुनसरी । सुनसरीको दुहबी नगरपालिकाका नगर क्षेत्रका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूलाई परिवार नियोजनको अस्थायी साधन साइना प्रेस सेवा सञ्चालन र विस्तार सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ । अनिच्छित गर्भ निरोधको अस्थायी साधन साइना प्रेस सेवा विस्तार तथा अभिमुखीकरण कार्यक्रममा दुहबी नगरपालिकाका स्वास्थ्य शाखा र अस्पतालका स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।

नेपालमा डिपो र सँगिनी सुइँको विकल्पमा साइना प्रेस प्रयोगमा ल्याइएको हो । परिवार नियोजनको यो अस्थायी साधन पहिलो पटक महिनावारी भएको ७ दिनभित्र, त्यस पछिको मात्रा पहिलो पटक लगाएको ३ महिनाको अन्तरालमा लगाउनु पर्दछ, महिनावारी पर्खिरहनु नपर्ने दुहबी नगरपालिका स्वास्थ्य शाखाकी नर्सिङ अधिकृत पिन्की भगतले जानकारी गराइन ।

२०७७/७८ मा नेपालमा पहिलो चोटि पाइलट प्रोजेक्ट को रुपमा साइना प्रेस सिन्धुली सहित दुई जिल्लामा सुरु गरिएको थियो । २०७८/७९ मा थप मोरङ सहित ५ जिल्लामा यो कार्यक्रम लागु गरे सँगै हाल २०८०/८१ मा थप १३ जिल्ला गरि देश भर २० जिल्लामा यो कार्यक्रम सञ्चालनमा आएको नर्सिङ अधिकृत भगतले जानकारी गराइन ।

छाला र मासुको बिच भागमा बोसोको लेयरमा लगाइने यो सुई सङ्गिनी जस्तै तिन महिनामा लगाउनु पर्ने र यसको प्रभावकारिता ९९ प्रतिशत रहेको स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर महतोले जनाए । कार्यक्रमका प्रमुख अतिथि रहेका दुहबी नगरप्रमुख बेद गच्छादारले सायना प्रेस सेवाको सञ्चालन र विस्तारमा कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताए ।
उनले दुहबी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट रहँदै आएको र साइना प्रेस सुनसरी सदरमुकाम इनरुवा पछि दुहबी बाटै सुरु हुन लागेको हुँदा आगामी दिनमा स्वास्थ्य क्षेत्रमा थप जिम्मेवारी बहन गर्न कर्मचारीहरूलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button