तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका प्रदेश प्रमुखद्वारा सरकार गठनका लागि आव्हान

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई आव्हान गर्नुभएको छ ।

विज्ञप्ति जारी गर्दै उहाँले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आव्हान गर्नुभएको हो ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आजै पदबाट राजीनामा दिनुभएको थियो । नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने समय चैत्र २७ गते दिउँसो ५ः५० बजेसम्मका लागि तोकिएको छ ।

केन्द्रीय सत्ता समीकरण बदलिएसँगै कर्णालीमा एमालेको भागमा परेको छ । शर्माले राजीनामा दिएसँगै एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वको कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button