तपाईँ सुन्दै हुनुहुन्छः

हृदयघातका कारण नेपालगञ्ज कारागारमा एकजना कैदीको मृत्यु

बाँके । नेपालगञ्ज कारागारका एकजना कैदीको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाहले बताउनु भयो ।

उहाँका अनुसार आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको बताउनु भयो ।

मृतक जोलाह गत पुस १७ गते जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पूर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहँदै आएका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलका अनुसार मृतकलाई परिवारको जिम्मा लगाइएको बताउँदै आजै इस्लामिक संस्कार अनुसार नेपालगंज ४ का रहेको कब्रिस्तानका अन्त्येष्टि गरिने जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button