तपाईँ सुन्दै हुनुहुन्छः

महिलाहरुलाई रोजगारी सिर्जना गर्न इलाममा सेनिटरी प्याड उद्योग

इलाम । महिलाहरुलाई रोजगारी सिर्जना गर्दै स्थानीय आवश्यक्तालाई परिपूर्ती गर्ने उदेश्यले इलाममा सेटिटरी प्याड उद्योग स्थापना गरिएको छ ।

इलाम नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित उद्योगको आज आयोजित एक कार्यक्रमबीच इलाम नगरपालिकाका प्रमुख केदार थापाले उद्घाटन गर्नुभयो । नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगवाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन हुने गरेको छ ।

उद्योगका लागि नगरपालिकाले ३ लाख २० हजार रुपैयाँ अनुदान दिएको छ । कूल २५ लाख रुपैयाँ लगानी भएको उद्योगमा १० लाख रुपैयाँ ऋण र वाँकी संस्थाको लगानी रहेको सचिव खिना वस्नेतले जानकारी दिनुभयो । हाल व्रान्डिङ, प्याकेजिङ, लेवलिङ भइरहेको उद्योगमा वजारको अवस्था हेरेर उत्पादनका सवै काम गरिने उहाँले बताउनुभयो ।

उद्योगमा अहिले २ जना महिला कार्यरत छन् । संस्थाकी अध्यक्ष वविता लिङदमको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उममेयर विष्णु दाहाल, वडाध्यक्षहरु नुतनदेव दुुलाल, नरेश श्रेष्ठ, गायत्रीराम वस्नेत, पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराई, औषधी व्यवसायी संघका अध्यक्ष वासु घिमिरे, महिला सशक्तिकरणकी अध्यक्ष ज्योतीमाला प्रधान लगायतले उद्योग निरन्तरताका कामना गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button