तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा २७ गतेभित्र सरकार गठन गर्न प्रदेश प्रमुखको आह्वान

कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई प्रदेश प्रमुखले ७ दिनको समय दिनु भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले २७ चैतको दिउँसो ३ बजेभित्र नयाँ मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गर्नु भएको हो ।

प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ उपधारा (२) अनुसार नै बहुमतको सरकार गठनको लागि दलहरूलाई मौका दिनु भएको छ ।

उहाँले  दिएको समयभित्र कुनै पनि दलले बहुमत पेस गर्न नसके उपधारा (३) अनुसार ठुलो दलको नेताको हैसियतमा पाण्डे नै मुख्यमन्त्रीमा नियुक्त हुनुहुने छ । पाण्डेले बुधवार बिहान पदबाट राजीनामा दिनु भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button