तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रका नेता खाम प्रहरीको नियन्त्रणमा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता कालीबहादुर खामलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उहाँलाई काठमाडौँको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

नेता खामलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । व्यक्ति अपहरण तथा बन्धक बनाई हत्या गरेको आरोपमा नेता खामलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

तत्कालीन माओवादी सैन्य कमाण्डर खाममाथि कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ । सोही घटनाको विषयमा यसअघि पक्राउ परेका तत्कालीन माओवादीका सैन्य सहायक कमाण्डर गोविन्दबहादुर बटाला भने रिहा भइसक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button