तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता केन्द्रित कुनै पनि गतिविधिमा पार्टी लाग्दैन : अध्यक्ष लिङ्देन

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता केन्द्रित कुनै पनि गतिविधिमा आफ्नो पार्टी नलाग्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले केन्द्र तथा प्रदेशको कुनै पनि सरकारमा आफ्नो पार्टी सहभागी नहुने प्रष्ट पार्नुभयो । उहाँले सरकार टिकाउने र सरकार लडाउने दुवै प्रकारको खेलमा आफ्नो पार्टी सामेल नहुने बताउनुभयो ।

एक प्रश्नमा उहाँले आफु प्रवासमा भएको बेला पार्टीको कोशी प्रदेशको कार्य समिति र संसदीय दलले निर्णय गरेर सभामुख पद लिएको विषयमा केन्द्रिय स्तरमा पार्टी भित्र असमझदारी देखिएको र अब उप्रान्त त्यस्तो गल्ती नदोहरिने गरि त्यस विषयलाई कार्य सम्पादन समितिको बैठकले सचेत गराएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button